पोखरामा नेकपा ओली समूहको मोटरसाइकल ¥यालीको तयारी

हिमाली आवाज । प्रधानमन्त्री केपी ओली पक्षिय नेकपाको समूहले फागुन १३ गते पोखरामा मोटरसाइकल ¥याली आयोजना गर्ने भएको छ ।
प्रधानमन्त्री ओलीले फागुन १५ गते गण्डकी प्रदेशस्तरीय आमसभालाई सम्वोधन गर्ने भएपछि सोको प्रचार प्रसारका लागि मोटरसाइकल ¥याली गर्न लागिएको बताइन्छ ।

आमसभा सफल पार्न गठित स्वयंसेवक परिचालन समितिको आयोजनामा कार्यक्रम गर्न लागिएको समितिका संयोजक एवं ओली समूहका केन्द्रीय सदस्य राजीव पहारीले जानकारी दिनुभयो । ¥यालीमा १० हजारको संख्यामा मोटर साइकल निकाल्ने तयारी गरिएको बताइन्छ ।
पोखरामा आज सम्पन्न स्वयंसेवक परिचालन समितिको बैठकमा बोल्दै पहारीले प्रधानमन्त्रीले संसद भङ्ग गर्नु संबैधानिक कदम भएको भन्दै राष्ट्र ,राष्ट्रियता र लोकतन्त्रको निम्ति निर्वाचन अपरिहार्य रहेको बताउँदै पहारीले हिम्मतभए प्रचण्ड माधब समूहलाई चुनाबमार्फत जनताबाट अनुमोदित हुन चूनौती दिनुभयो ।

सो समितिका सह संयोजक तथा राष्ट्रिय युवा संघका उपाध्यक्ष सन्तोष रावलले फागुन १३ गते २ बजे पोखराको अमरसिंह चौरबाट शुरु हुने मोटरसाइकल रयाली ऐतिहासिक हुने दाबी गर्नुभयो ।

Comments
Loading...