बैतडीकी भागरथी हत्याका आरोपी सार्वजनिक

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीेले पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरिएको हो ।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी गएको माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्केकी थिइनन् । उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुुन्धानका क्रममा घटनामा दिनेशको संलग्नता खुलेपछि उनलाई हिजो पक्राउ गरेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुुवेदीले पीडितको जाहेरी र प्रमाणका आधारमा पक्राउ गरिएको बताउँदै दिनेशको मात्रै संलग्नता पाइएको बताउनुभयो ।

Comments
Loading...