घाचोकमा सिर्जना पत्रिकाको लोकापर्ण र स्रष्टा सम्मानित

हिमाली आवाज । सिर्जना साहित्य सदन माछापुच्छ«े–३ घाचोक कास्कीबाट वर्षेनी प्रकाशन हुँदै आइरहेको साहित्यिक पत्रिका सिर्जनाको १७ औँ संस्करण शनिबार एक समारोहकाकाबीच लोकार्पण गरिएको छ ।गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारी र गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले सो पत्रिकाको लोकार्पण गर्नुभएको हो ।

सोही समारोहमा ‘सिर्जना साहित्य पुरस्कार–२०७७’ बाट माछापुच्छ«े गाउँपालिका–४ लाहाचोकका लघुकथाकार राजु क्षेत्री अपुरो पुरस्कृत हुनुभएको छ । आफ्ना रचना मार्फत साहित्यको उन्नयनमा योगदान गरेकोमा क्षेत्रीलाई सो पुरस्कारबाट पुरस्कृत तथा सम्मान गरिएको बताइन्छ । यसैगरी स्व. हरिलाल कुन्ति पोखरेल स्मृति सिर्जना पुरस्कार २०७७ बाट बाल प्रतिभा रोशन परियारलाई अर्पण गरियो ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारीले पत्रिकाको निरन्तरताको कामना गर्दै आगामी दिनमा आफ्नो तर्फबाट सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाली भाषा शिक्षक परिषद्का अध्यक्ष डिल्लीराम अर्यालले पत्रिकाको समिक्षा गर्दै साहित्यका सबै विधाहरु समेट्दै नेपाली भाषा,साहित्य, कला र संस्कृतिको उन्नयनमा सिर्जना पत्रिकाले मोफसलमा रहेर पनि उल्लेखनीय योगदान दिएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी,हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेल, डा बलराम उपाध्ययाय रेग्मी,महेश्वर पोखरेल, रविलाल पोखरेल, जयकृष्ण पोखरेल,परशुराम कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

साहित्य सदनका अध्यक्ष टेकनाथ पोखरेल पीडितको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष एकदत्त लम्साल र सञ्चालन सचिव पदम नेपालले गर्नुभएको थियो । कार्यक्रममा छविलाल आचार्य, शोभामोहन लम्साल,शशि अधिकारी र रोशन परियारले रचना बाचन गर्नुभएको थियो ।

Comments
Loading...