पोखरा आउँदै गरेको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

हिमाली आवाज । तनहुँमा आज भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन् ।

विहान अन्दाजी ७ ः०० बजेको समयमा तनहुँ शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित पृथ्वी राजमार्गमा पाटनबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ६२५ नं.को स्कुटर र विपरित दिशाबाट आउँदै गरेको ग १९ प ३७०६ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा स्कुटर चालक दुलेगौँडाका २२ वर्षीय सन्देश भट्टरार्ईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सख्त घाइते भट्टराईको उपचारका क्रममा निधन भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । घटनामा सोही ठाउँका १७ वर्षीय अमृत श्रेष्ठ समेत घाइते भई उपचारको लागि गण्डकी अस्पताल पोखरा पठाइएको बताइन्छ ।

Comments
Loading...