सर्वोच्चद्धारा संसद् पुनःस्थापना गर्ने ऐतिहासिक फैसला : १३ दिनभित्रै बैठक बोलाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने गरी आदेश दिएको छ । आज साँझ सर्वोच्चले संसद् विघटन सम्बन्धी रिट माथि फैसला गर्दै आगामी १३ दिनभित्रै संसद बैठक बोलाउन पनि आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गर्नुभएको थियो । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

Comments
Loading...