संसद् पुनःस्थापनाको खुशीयालीमा प्रचण्ड–नेपाल पक्षले आज देशभर विजय जुलुस गर्ने

काठमाडौँ । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसियालीमा आज देशभरि विजय जुलुस गर्ने भएको छ।

केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार काठमाडौंको शान्तिवाटिकामा दिउँसो १२ बजे जुलुस हुनेछ भने उपत्यकाबाहिरका जिल्ला बिहान ८ बजे जुलुस निकालिने छ।

उहाँका अनुसार शान्तिवाटिकाको जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी हुनुहुनेछ ।दुबै अध्यक्षहरू अहिले चितवनमा छन्। उक्त समूहले आज चितवनमा आमसभा आयोजना गरेको थियो।

सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधि सभा पुनर्स्थपना गर्ने फैसला गरेपछि चितवनको आमसभा स्थगित भएको छ। दुबै अध्यक्षहरू केहीबेरमा काठमाडौं आउने तयारीमा रहेको बताइन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा संघर्ष समिति बनाएको थियो।

Comments
Loading...