प्रधानमन्त्री ओलीले राजीनामा दिँदा राम्रो हुन्छ : काँग्रेस सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने बताउनुभएको छ ।

महेन्द्र नारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आज भएको ‘अहिंसा र शान्ति ः आजको सन्दर्भमा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत पु¥याउन नसके प्रधानमन्त्री पद छाड्दा राम्रो हुने बताउनुभएको हो । तर ओलीको पार्टीको कुरा भएकाले आफूहरुले दबाव नदिने बताउनुभयो ।

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको पनि बताउनुभयो । अदालतले राम्रो निर्णय गरेर नेपालमा संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘नेपालमा न्यायको जित भएको छ । प्रजातन्त्रको जित भएको छ । अदालतले राम्रो निर्णय गरेर नेपालमा फेरि संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको छ । मलाई विश्वास छ, ओलीले अदालतको निर्णय पछाडी की त आफ्नो बहुमत पु¥याउनुप¥यो संसदमा, होइन भने छोड्दा राम्रो हुन्छ । तर उहाँलाई यसो गर, उसो गर भन्ने कुरा छैन । उहाँहरुको पार्टीको कुरा हो ।’

Comments
Loading...