सिलिङ्गे महिला चेतना समूहमा नयाँ नेतृत्व

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नंं ३३ मा कृयाशिल सिलिङ्गे महिला चेतना समूहको चौधौं साधारणसभा एवम् छैटौं अधिवेशनले कर्णकुमारी महतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

उपाध्यक्षमा सरला महत, सचिवमा सीता केसी महत, कोषाध्यक्षमा डीलमाया थापा र सहसचिवमा सविता आचार्य पौडेल हुनुहुन्छ । त्यस्तै सदस्यहरूमा सुनिता अर्याल महत, विष्णु पौडेल, कोपिला क्षेत्री, गंगा क्षेत्री, लक्ष्मी जमरकट्टेल पौडेल, भूमिका आचार्य पौडेल, रीता विक र जौमाया विक रहनुभएको छ ।

यस अघि अधिवेशनको उद्घाटन समारोहमा पोखरा महानगरपालिका वडा नं ३३ का वडा सदस्य शोभा नेपालीले महिलाहरूको जागरुकता आवश्यक भएको बताउँदै यसका लागि आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समूहकी अध्यक्ष लक्ष्मी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव इन्दिरा पौडेलले गर्नुभएको थियो भने स्वागत सल्लाहकार सुनिता अर्याल महतले गर्नुभयो ।

कोषाध्यक्ष निर्मला पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा समाजसेवी गुरुप्रसाद पौडेल, कर्णकुमारी महत लगायतले समाजिक जागरणमा महिलाको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

Comments
Loading...