नेल्टा गण्डकीको अधिवेशनको तयारी, पौडेलको संयोजकत्वमा मूल समिति गठन

हिमाली आवाज । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) गण्डकी प्रदेश पोखराको दोश्रो भेला एवम अधिवेशनको तयारी वैठक सम्पन्न भएको छ ।

नेल्टा गण्डकी प्रदेशका संयोजक शहदेव पौडेल अध्यक्षता र नेपाली काग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भेलाले आगामी चैत ६ गते पोखरामा हुने अधिवेशनको तयारीका लागि मूल आयोजक समिति तथा अन्य विभिन्न उपसमितिहरु गठन गरेको छ ।

नेल्टा गण्डकीका संयोजक शहदेव पौडेलेको संयोजकत्वमा गण्डकी प्रदेशका गण्डकी प्रदेशवाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु हरिदत्त सुवेदी, गोपाल गिरी, डिल्लीराम रेग्मी , मित्रलाल सापकोटा, बुद्धि वहादुर देउजा, रामदेव महासेठ, नारायण के सी र गण्डकी प्रदेशका ११ वटै जिल्लाका अध्यक्ष एवम सचिवहरु रहेको १०१ सदस्सीय मूल आयोजक समिति गठन गरिएको नेल्टाका केन्द्रीय महासचिव सुरेशकुमार श्रेष्ठले हिमाली आवाज डटकमलाई जानकारी दिनुभयो ।

यसैगरी आर्थिक समितिको संयोजकमा पुष्पराज अधिकारी(कास्की), तथा सदस्यहरु वसन्त कोईराला, विकास कुमार श्रेष्ठ, दोलराज गैहे, कृष्ण ढकाल,कल्पना खनाल,राम प्रसाद देवकोटा, ईन्द्रहरी खनाल, दीपक गुरुङ,प्रदिप गौतम,विमल घिमिरे,शिव श्रेष्ठ,हरिदत्त सुवेदी, गोपाल गिरी, डिल्लीराम रेग्मी,बद्धि वहादुर देउजा,रामदेव महासेठ, नारायण केसी, मित्रलाल सापकोटा,अर्जुन बराल, बलराम अधिकारी, कविराज पौडेल र युवराज रहनुभएको छ ।

यसैगरी अतिथि सत्कार समिति संयोजकमा गोमा कुमारी श्रेष्ठ र सदस्यहरुमा समिक्षा पौडेल,सजनी पौडेल,शुशि वास्तोला हुनुहुन्छ ।
होटल व्यवस्थापन समितिको संयोजकमा अर्जुन बराल र सदस्यहरुमा उज्जवल त्रिपाठी,विजय श्रेष्ठ, प्रचार प्रसार समिति संयोजकमा इश्वर पराजुली, सांस्कृतिक व्यवस्थापन समिति संयोजकमा सजनी पौडेल र सदस्यहरुमा समिक्षा पौडेल तथा सवनम पौडेल रहनुभएको छ ।

 

Comments
Loading...