बालबालिकालाई बन्धक बनाइ यातना दिने मादीका शिक्षक पक्राउ

हिमाली आवाज । कमजोर आर्थिक अवस्था भएका अभिभावकहरुका बालबालिकाहरुलाई निःशुल्क खान र बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भनि आश्वासन दिई ल्याईएका बालबालिकाहरुलाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कास्कीको मादी गाउँपालिका वडा नं ६ बस्ने ४५ वर्षीय इन्द्रबहादुर थापालाई बालबालिकालाई यातना दिएको अभियोगमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

स्थानीय भूमि आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका थापाले घरपायक जागिर र पद जोगाउन विभिन्न जिल्लाका सात  विद्यार्थीलाई दुई वर्षदेखि बन्धक बनाएको खुलेको हो । थपाको घरबाट भाग्न खोजेका विद्यार्थीलाई उनले कुटपिट गरेपछि घटना सार्वजनिक भएको बताइन्छ ।

प्रहरीले ती बालबालिकाहरुलाई हाल सिविन नेपाल संस्थामा राखिएको र निजहरुको घरठेगाना र अभिभावकको खोजी कार्य भइरहेको जनाएको छ ।

Comments
Loading...