प्रधानमन्त्री ओलीद्धारा पोेखरामा प्रदेश प्रशिक्षण प्रतिष्ठान शिलान्यास, राष्ट्र निर्माणको अभियानमा जुट्न आग्रह

वासुदेव पौडेल÷कृष्ण दवाडी
पोखरा,१७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताउनुभएको छ ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको आज पोखरा महानगरपालिका–३ नदीपुरमा शिलान्यास गर्दै उहाँले संघीय सरकारले सातवटा प्रदेश मार्फत र प्रदेश सरकारहरुले ७५३ स्थानीय तह मार्फत विकासका प्रयासलाई अघि बढाउने बाटो लिइएको बताउनुभयो ।

विकासका लागि स्वस्थ राजनीति, स्वस्थ आर्थिक कृयाकलाप, भ्रष्टाचारको न्युनीकरण र अन्त्य, जनतालाई सेवा सुविधा, सहज सुलभ ढंगले अत्याधिक मात्रामा पु¥याउँदै जनताका मौलिक हकको कार्यान्वयनको उद्देश्य लिइएको उहाँले बताउनुभयो ।

तीन वर्षे समयावधिमा विकास निर्माणका धेरै कामले गति लिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस अवधिमा परिवर्तित संरचना अनुसारका पूर्वाधार विकास एवम् कानून निर्माणका कामहरू अघि बढेको बताउनुभयो । यस अवधिमा शक्तिको बाँडफाँडलाई समुचित रुपमा अघि बढाउँदै संविधानसँग बाँझिएका कानूनलाई संशोधन गर्दै नयाँ संविधान एवम् कानून अनुसार समयानुकुल बनाइएको उहाँले बताउनुभयो ।
राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले ‘मैखाउँ मैलाउँ’ भन्ने भावनालाई त्याग्दै दृढताका साथ राष्ट्र निर्माणको अभियानमा जुट्नुपर्ने बताउनुभयो ।

सरकारको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकासको बाटोलाई अघि बढाइएको बताउँदै उहाँले यसका लागि शिक्षा, स्वास्थ्य लगायतका हरेक क्षेत्रमा विकास बढेको उल्लेख गर्नुभयो ।

दुई छिमेकी राष्ट्रहरू भारत र चीनसँग जोडिएको गण्डकी प्रदेश पर्यटन सहित कृषिका धेरै सम्भावना बोकेको बताउँदै प्रधानमन्त्रीले यहाँका जिल्लाहरू कास्की सहित तनहुँ, स्याङ्जा लगायतका जिल्लाहरु कृषिको आुधनिकीकरणमा नमूना उन्मुख बनेको बताउनुभयो । प्राकृतिक रुपमा पनि गण्डकी प्रदेश रमणीय भएको चर्चा गर्दै उहाँले यहाँ प्रसिद्ध हिमाल, उर्बर फाँट रहेको बताउनुभयो ।

पोखराका सम्बन्धमा धेरै विषय आँफूलाई जानकारी रहेको स्मरण गर्दै उहाँले भन्नुभयो,“यहाँ फेवातालमा माछापुच्छ«े प्रतिविम्बित हुने मात्र हैन यहाँ धेरै कुरा प्रतिविम्वित हुन्छन्, हाम्रा भविष्यका सपना प्रतिविम्वित हुन्छन् ।” यस क्षेत्रले विकासको मार्गमा गति लिने विश्वास व्यक्त गर्दै उहाँले यो आधुनिक, विकसित क्षेत्रका रुपमा अघि बढ्ने बताउनुभयो । विकास निर्माणको काम सबैको साझा काम भएको बताउँदै उहाँले साझा ठाउँको साझा विकास गर्दै स्वस्थ प्रतिष्पर्धा गर्न उहाँले आग्रह गर्नुभयो ।

सरकारले सबै नागरिकलाई पुग्ने गरी भ्याक्सिन ल्याउन लागेको बताउँदै उहाँले सबै नागरिकलाई भ्याक्सिन पु¥याइने विश्वास व्यक्त गर्नुभयो । “हामी गरिब छौं तर मनका धनी छौं कोभिड विरुद्ध सफलता प्राप्त गर्ने विश्वका एक प्रतिशत देश भित्र परेका छौं” उहाँले भन्नुभयो,“हामीले आराम कम, थकाइ कम र काम बढी गरेका छौं ।”

संयुक्त राष्ट्रसंघले नेपाललाई अल्प विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा सिफरिस गरेको बताउँदै उहाँले अन्य सूचकांकमा पनि अघि रहेको र सन् २०३० अघि नै दीगो विकासको लक्ष्य हासिल गरिने बताउनुभयो ।गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेश सरकार समग्र प्रदेशको समृद्धि र विकासको लक्ष्यका साथ अघि बढीरहेको बताउनुभयो ।

भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले तीन वषै अवधिमा विकासका जगहरू निर्माण भएको बताउँदै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने सन्दर्भमा गण्डकी प्रदेश प्रशिक्ष्ण प्रतिष्ठान स्थापना गरिएको बताउनुभयो । प्रतिष्ठानको रु ३३ करोड २१ लाख ५५ हजार रुपैयाँ लागतमा चार हजार ९६४ बर्ग मिटर क्षेत्रफलमा सुविधा सम्पन्न र अत्याधुनिक चार तल्ले भवन निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

Comments
Loading...