विप्लव नेकपासँग वार्ताका लागि सरकारद्धारा वार्ता टोली गठन

हिमाली आवाज । सरकारले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहनुभएको छ ।सूचना तथा सञ्चारमन्त्री पावर्त गुरुङले विज्ञप्ति जारी गरी सरकारले वार्ता टोली गठन गरेको जानकारी दिनुभएको हो ।

Comments
Loading...