माछापुुच्छ्रेमा स्थानीय कृषि उपज प्रदर्शनी र कृषक सम्मान कार्यक्रम

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–८ लुम्रेमा स्थानीय कृषि उपजको प्रदर्शनी हुने भएको छ ।

माछापुच्छ्रे मर्दीखोला अलैची ब्लक क्षेत्र संचालक समिति वडा नं ८ र ९ को आयोजनामा स्थानीय कृषि उत्पादनको बजारिकरणका लागि यही फागुन १९ गते मंगलबार एक दिनका लागि प्रदर्शनी राखिएको जनाइएको छ ।

कृषि उपज प्रदर्शशनी मार्फत वडाका उत्कृष्ट कृषकलाई सम्मान, कृषि तथा ग्रामिण पर्यटन प्रवद्र्धन, कृषि बजार र कृषकबीच सुमधुर सम्वन्ध विकास गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको माछापुच्छ्रे मर्दीखोला अलैची ब्लक क्षेत्र संचालक समितिका अध्यक्ष दीपक पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय उत्पादन अन्नबाली, तरकारी बाली,मसला बाली, कन्दमुल,दुग्धजन्य पदार्थ र तेलहनबालीको प्रदर्शनी कार्यक्रमको मुख्य आकर्षण रहेको छ ।

माछापुच्छ्रे गाउँपालिका जिल्लामा कृषि उत्पादनमा अग्रणी रहेको छ । विशेषगरी दुग्ध उत्पादनमा गाउँपालिका नमूनाका रुपमा स्थापित भएको छ । गाउँपालिकाबाट दैनिक १० हजार ५०० लिटर दूध पोखरा बजारमा बिक्रीका लागि आउने गरेको बताइन्छ ।

गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरिरहेको र गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताउनुभयो ।

Comments
Loading...