सरकार र विप्लव नेकपाबीचको पहिलो चरणको वार्ता सकारात्मक

हिमाली आवाज । सरकार र नेत्रविक्रम चन्द विप्लव नेकपाबीचको वार्ता सकारात्मक दिशाउन्मूख रहेको सरकारी पक्षले जनाएको छ।

सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट सल्लाहकार डा. राजन भट्टराईले आज बुधबार बिहान पहिलो चरणको वार्ता सम्पन्न भएको र पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिनुभयो ।विप्लव नेकपाका एक नेताका अनुसार दुई पक्षबीच तीन–बुँदे सहमति समेत भइसकेको बताए।

‘थप छलफलपछि अनुकूल समयमा त्यसलाई सार्वजनिक गर्ने कुरा भएको छ,’ स्रोतले भन्यो ।

Comments
Loading...