श्रीवृद्धि सहकारीबाट शेयर सदस्यहरुको सम्मान

हिमाली आवाज । पोखरा महानगरपालिका–१० रामघाटमा अवस्थित श्रीवृद्धि बचत तथा ऋण सहकारी संस्थाले विभिन्न विधामा सफल आफ्ना सदस्यहरुलाई आज सम्मान गरेको छ ।

पोखरा–११ काहुँडाडाँमा आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो । त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा प्रथम स्थान हासिल गर्न सफल बिनिता शर्मा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सिनेटर सदस्यमा मनोनित नवराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको निर्देशकमा पदोन्नति हुनु भएका कृष्ण तिमिल्सिनालाई सहकारीका अध्यक्ष मीनबहादुर गुरुङले सम्मान खादाबाट सम्मान गर्दै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गर्नुएको थियो ।

संस्थाका अध्यक्ष गुरुङले शेयर सदस्यहरुको सफलता संस्थाको सफलता रहेको बताउँदै सदस्यहरुको आगामी दिनमा थप प्रगति र हौसलाका लागि शुभेच्छा व्यक्त गर्नुभयो ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्वतमान उपकुलपति प्रा डा बुद्धि बहादुर थापा , जनप्रतिनिधि निशा मल्ल ठकुरी , पूर्णिमा विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत प्रमुख प्रकाश गुरुङ,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उदयकान्त तिवारी लगायत सहभागी हुनुभएको थियो । कार्यक्रममा बनभोज सहित विभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो । मनोरञ्जनात्मक कार्यक्रममा विजेताहरुलाई नगद सहित पुरस्कार प्रदान गरिएको थियो ।

Comments
Loading...