पोखरा लेडि जेसिजको संसदीय सभा प्रणाली तालिम

हिमाली आवाज । पोखरा लेडी जेसीजले आज मल्टिच्याप्टर बैठक सञ्चालन एवम् संसदीय सभा प्रणाली तालिम सम्पन्न गरेको छ ।

संसदीय प्रणाली अनुसार बैठक कसरी सञ्चालन गर्ने सम्बन्धमा आयोजित सो तालिमका प्रमुख प्रशिक्षक नेपाल जेसीज वर्ष १९९८ अध्यक्ष दिपक शाक्य रहनुभएको थियो ।

तालिममा पोखरा जेसीज, लेखनाथ जेसीज, शुक्लागण्डकी जेसीज, व्यासनगर जेसीज, वालिङ जेसीज र गल्याङ जेसीजका पदाधिकारीहरु ५४ जनाको सहभागिता रहेको र तालिम उपलब्धिमूलक भएको पोखरा लेडी जेसीजकी अध्यक्ष कमला शर्मा (विनिता) ले बताउनुभयो । उहाँले यस वर्षदेखि पोखरा लेडी जेसीजमा व्यावसायिक साझेदारबाट सहकार्यको शुरुवात गरेको समेत जानकारी दिनुभयो ।

लेखनाथ जेसीजका अध्यक्ष नवराज पौडेलले यस प्रकारको प्रशिक्षणले जेसीजका सदस्यहरुको व्यक्तित्व विकास र बैठक सञ्चालनको ज्ञान वृद्धि हुने बताउनुभयो ।

नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष भोजराज चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्ने तालिममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष दिपेन्द्र निरौला, कोषाध्यक्ष पविन्द्र भट्टराई, नेपाल जेसीज तालिम ईन्स्टिच्यूट क्षेत्र ख का संयोजक उमेश गुरुको आतिथ्यता रहेको थियो । पोखरी लेडी जेसीजकी महासचिव सुमित्रा कोईरालाले सञ्चालन गरेको उक्त कार्यक्रममा संयोजक सकुन पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी सहभागीको तर्फबाट पोखरा जेसीजका कानूनी सल्लाहकार देवराज शर्मा तथा गल्याङ जेसीजका हिमा न्यौपानेले मन्तव्य व्यक्त गर्नुभयो। तालिम नेपाल जेसीज तालिम प्रतिष्ठानको प्राविधिक सहयोगमा आयोजना भएको बताइन्छ ।

Comments
Loading...