सामाजिक कार्यमा निरन्तर अघि बढ्दै आमा स्मृति प्रष्ठिान, प्रतिष्ठानमा नयाँ नेतृत्व चयन

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा अवस्थित आमा स्मृति प्रतिष्ठानमा  नयाँ नेतृत्वले जिम्मेवारी लिएको छ ।

सो संस्थाको आज सम्पन्न दोस्रो अधिवेशन तथा छैटौँ साधारणसभाले हरिश्चन्द्र लम्सालको अध्यक्षतामा नौँ सदस्सीय नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको हो । प्रतिष्ठानको निर्वतमान अध्यक्षमा बसन्तराज दवाडी रहनुभएको छ । यसैगरी उपाध्यक्षमा भीमाकर सुवेदी, सचिव गुणाखर दवाडी र कोषाध्यक्ष जीवनकुमारी दवाडी पोखरेल चयन हुनुभयो ।

प्रतिष्ठानको सदस्यहरुमा अनिता पौडेल, सम्झना अधिकारी,सुवासचन्द्र लम्साल,सपना बराल लम्साल र दुर्गा बहादुर गुरुङ हुनुहुन्छ । सल्लाहकारहरुमा तोयनाथ शर्मा लम्साल,विक्रम गुरुङ, सूर्य प्रसाद लम्साल,टेकन शोभा गुरुङ र दीनानाथ लम्साल रहनुभएको छ ।

माछापुच्छ«्े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा अध्यक्ष गुरुङले राज्यका निकायहरुसँगसँगै विभिन्न सङ्घ संस्थाको हातेमालो र एकीकृत प्रयासबाट विकास र समृद्धि हासिल हुने बताउनुभयो । आमा स्मृति प्रतिष्ठानलाई आफ्नो लक्ष्यमा सफलता हासिल गर्नका लागि निरन्तर क्रियाशिल रहन अध्यक्ष गुरुङले आग्रह गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले संस्थाले शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक लगायतका क्षेत्रमा गरेको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

सामाजिक सेवा मार्फत विभिन्न क्षेत्रको विकास र विस्तारमा सहयोग पु¥याउने उद्देश्यले विसं २०७२ मा सामाजिक सेवा सँग सम्बन्धित विभिन्न क्षेत्रका महानुभावहरुकोे संयुक्त प्रयासमा संस्थाले कार्य गर्दै आएको छ ।

प्रतिष्ठानले कास्की जिल्लालाई आफ्नो मुख्य कार्यथलो बनाई माछापुच्छ«े गाउँपालिकामा क्रियाशिल यस प्रतिष्ठानले  शिक्षाका क्षेत्रमा विभिन्न विद्यालयहरुसंग प्रशस्त समन्वय र सहकार्य गर्दै  कार्यक्षेत्रलाई फराकिलो बनाउँदै गइरहेको प्रतिष्ठानका संस्थापक अध्यक्ष बसन्तराज दवाडीले बताउनुभयो ।

स्वदेशी एवं विदेशी व्यक्ति, संस्थाहरुको सहयोगको माध्यमबाट यस क्षेत्रको शिक्षा, स्वरोजगार कार्यक्रम, महिला सशक्तिकरण साथै छात्रवृत्ति सहयोग र विस्तारमा प्रतिष्ठानले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

संस्थापक अध्यक्ष दवाडीले स्थापनाकालदेखीनै सामाजिक कार्यहरुलाई निरन्तर अघि बढाइएको जानकारी दिँदै यसलाई आगामी दिनमा समेत थप व्यवस्थित निरन्तरता दिइने जानकारी दिनुभयो ।

प्रतिष्ठानका अनुसार संस्थाले गरेका मुख्य कार्यहरु यसप्रकार छन् ः

१ .शिक्षाका लागि विद्यालयहरुमा सहयोग  ः

क.माछापुच्छ«े गाउँपालिका वडा नं. ३ अवस्थित श्री बाल कल्याण आधारभुत विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाना को निरन्तर व्यवस्था गरिएको छ । उक्त व्यवस्थाका लागी एक भान्छे आमाको निरन्तरता गरिएको छ ।

ख. गुल्मीको रुरु नगरपालिका–३ स्थित अमरदिप प्रा.वि.मा एक भान्छे आमा को निरन्तरता गरिएको छ ।

ग. यसै आर्थिक वर्षमा माछापुच्छ«्रे गाँउपालिका ८ ओल्चेक÷कोलेलीका विपन्न र शिक्षाबाट बन्चित  बालबालिकाहरूका लागि विद्यालय सम्म सहज वातावरणमा जान विशेष  व्यवस्था गरिएको छ ।  जस अन्तरगत एक शिक्षकको नियुक्ति गरी ४० बालबालिका लाई बिहान बेलुका अध्यापनको व्यवस्था मिलाईएको छ ।

घ. त्यसै गरी यस सस्थाले ९ वटा विद्यालयका शिक्षकहरूलाई टिच नेपाल प्रोजेक्टको सहयोगमा शिक्षाका तालिम संचालन गरेको छ।

२. छात्रावृत्ति  तर्फः 

यस आर्थिक वर्षमा गरिब तथा जेहेन्दार छात्राहरुको उच्च शिक्षाका लागि यस प्रतिष्ठानले प्राप्त निवेदनका आधारमा ५ जना जेहेन्दार छात्राहरुलाई उच्च शिक्षाको अवसर प्रदान गरेको छ । जस अनुसार देहायका छात्रा हरुले देहाय बमोजिमको छात्रावृत्ति  प्राप्त गरेका छन ।

क. लक्ष्मी रानाभाटलाई जानकी मेडिकल कलेज जनकपुरधाममा  एम.बी.बी.एस.शिक्षाका लागि पूर्ण छात्रावृत्ति प्रदान गरिएको छ।

ख. पुर्णीमा परियारलाई सिटिइभिटीबाट सम्वन्धन प्राप्त पोखरा टेक्निकल कलेजमा  स्वास्थ्य सहायक शिक्षाका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ

ग.संगम अग्रेजी बोर्डिङ्ग स्कुल माछापुच्छ्े वडा नं ८ खोरामुखमा कक्षा ४ मा अध्ययनरत मेधावी छात्रा गरिमा गौतमलाई उत्कृष्ट शिक्षा का लागि केफ बोर्डिङ्ग स्कुलमा कक्षा १० सम्मका लागि पूर्ण छात्रावृत्ति प्रदान गरिएको छ ।

३ .सामाजिक सेवा तर्फः

क) यस आथिक वर्षमा मेघराज आधारभूत विद्यालय  , बालकल्याण आधारभूत विद्यालय  , जनजागरण आधारभूत विद्यालय  , शुक्ला गण्डकी ,माध्यमिक विद्यालय, हिमाली आधारभूत विद्यालय हिमालयन तीन शिर आधारभूत विद्यालय, शारदा माध्यमिक विद्यालय, जनजागरण नमुना सामुदायिक विद्यालय, शुक्लागण्डकी माध्यमिक विद्यालय, अन्नपूर्ण आधारभूत विद्यालय र  हिमालयन आधारभूत विद्यालयहरुमा पुस्तकालयको स्थापना गरिएको छ । सो कार्यका लागि टिच नेपाल प्रोजेक्ट नेदरल्याण्ड (वृजिट भाण्डीपोल र हेलेन कृकुक लगायत ) बाट सहयोग प्राप्त भएको व्यहोरा अवगत गराउदछु ।

ख) यसै आर्थिक वर्षमा प्रतिष्ठानले  ओल्चे र कोलेली क्षेत्रका  विद्यालयहरुमा अध्यनरत बालबालिकाका परिवारलाई धुवाँ रहीत चुलो  वितरण गरेको छ ।

ग) माछापुच्छ«े गाउँपालिका वडा नं ८ घलेलमा घरमा आगलागी भई दयनीय अवस्था भएका  एक परिवारको ७ जना बालबच्चाहरुलाई अभिभाकत्व प्रदान गरी निजहरुका लागी आवश्यक खाद्यान्न पोसाक र न्यानो कपडा उपलब्ध गराई निजका बालबालिकालाई विद्यालय जाने वातावरण निर्माण  गरिएको छ ।

घ)  यसै गरी शिवालय मन्दिर  परिसरमा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा आमा स्मृति प्रतिष्ठानले ज्येष्ठ नागरिकहरूको सेवाका लागि एकजना सेविकाको व्यवस्था गरिएको छ ।

ङ) यसै गरी टिच नेपाल प्रोजेक्ट नेदरल्याण्डको सहयोगमा , माच्छापुछ«्रे गाउँपालिका वड न ३ को आयोजनामा यस प्रतिष्ठानले ५० जना शिक्षक , ५० जना विद्यार्थी र ५० जना आमाहरूलाई  निशुल्क  कम्प्यूटर तालिम प्रदान गरेको छ ।  यस क्रममा प्रतिष्ठानले ११ थान कम्प्युटर तथा ल्याप्टप , प्रिन्टर , प्रोजेक्टर तथा कम्प्युटर ल्याबको लागि चाहिने उपकरणहरू खरिद गरेको छ।

च. लुफ्तीकोस फ्लुगुस्चुले जर्मनबाट बिभिन्न विद्यालयलाई दिईएको सहयोग संबन्धित विद्यालयलाई उपलब्ध गराइएको छ ।

४. वृद्धाश्रम निर्माण तथा संचालन तर्फः

कोरोना भाइरसको कारण विश्व आक्रान्त बनिरहेको बेलामा पनि  प्रतिष्ठानले आफ्ना लक्ष्य पूरा गर्नका लागि हरदम प्रयास गरिरहेको थियो , यसैक्रममा प्रतिष्ठानले निर्माण गर्न गई रहेको ज्येष्ठ नागरिक आवासलाई पूर्णता दिने काम भइरहेको छ ।

Comments
Loading...