पोखराको घार्मीमा स्वास्थ्य चौकी बनेपछि स्थानीयवासी हर्षित

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १९ घार्मीमा स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ ।
संघिय सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणवाट निर्माण भएको १२ कोठे भवन करिव १ करोड ४३ लाख रुपँैयाको लागतमा निर्माण भएको हो ।

भवन निर्माण भएसँगै सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको छ ।उक्त चौकीवाट हाल वाल स्वास्थ्य, मातृ स्वास्थ्य, क्षयरोग तथा सरुवा रोग नियन्त्रण, नियमित खोप कार्यक्रम, गाउँघर क्लिनिक, विरामी उपचार लगायतका सेवा संचालन भएको स्वास्थ्य चौकीका प्रमुख श्यामसुन्दर आचार्यले जानकारी दिनुभयो ।
उक्त स्वास्थ्य चौकीको सेवा घार्मीमा स्थानीय युवा क्लवको भवनवाट शुरु गरिएको थियो भने पछि तत्कालिन जिल्ला विकास समितिको सहयोगमा सामान्य जस्तापाताको टहरो वनाई सेवालाई निरन्तरता दिईएको थियो । पोखरा महानगरभित्रै भएर पनि सामान्य स्वास्थ्य सेवा पनि नपाएका स्थानियवासी भवन निर्माण भई सहज रुपमा स्वास्थ्य सेवा पाएपछि हर्षित भएका छन् ।

नवनिर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले शिक्षा र स्वास्थ्य जस्तो जनतासँग प्रत्यक्ष जोडिएका विषय निजी क्षेत्रलाई संचालन गर्न दिन नहुने बताउनु भएको छ ।

उहाँले विपतका वेला सरकारी अस्पतालले खेलेको भुमिका प्रशंसनिय रहेको वताउदै, निजि स्वास्थ्य संस्थाले प्रभावकारी भुमिका खेल्न नसकेको भन्दै गुनासो गर्नुभयो । ‘कोभिड महामारीका वेला निजी अस्पतालको भुमिका देखिएन‘ मुख्यमन्त्री गुरुङले भन्नुभयो– ‘राज्यलाई आवश्यक परेको बेला सेवा नदिने अस्पताल के काम ।”

उहाँले तीन तहको सरकार विच समन्वय भएमात्र प्रभावकारी भुमिका खेल्न सकिने वताउँदै स्वास्थ्य सेवामा सरकारले ठुलो लगानी गर्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी वनाउन नसकिएकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशभित्र गरिवीको रेखामुनी रहेका जनताको प्रदेश सरकारले नै स्वास्थ्य विमा गरिदिने समेत बताउनुभयो ।

सांसद जगत विश्वकर्माले परिवर्तन सगसगै जनताले विकास र समृद्विको अनुभव गर्न पाएको वताउनुभयो । उहाँले स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्न आफ्नो प्रयास जारी राख्ने वचन दिनुभयो । पोखरा १९का वडाध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद पुष्पा केसी भण्डारी, समितिका उपाध्यक्ष कृष्णप्रसाद पौडेल, वैकुण्ठ पौडेल, सदस्य दुर्गा वस्नेत लगायतले स्वास्थ्य सेवा हरेक नागरिकको अधिकार भएको वताउदै, नयाँ भवन निर्माणसगै स्वास्थ्य सेवा सहज रुपमा प्रदान गर्न सकिने बताउनुभएकोथियो ।

कार्यक्रममा स्वास्थ्य चौकी निर्माणमा जग्गादान गर्ने जग्गादाताहरु स्व. भीमप्रसाद पौडेल र टंकनाथ पौडेलका प्रतिनिधी भोलानाथ पौडेल,स्व. दयासागर पौडेलका प्रतिनिधी सरला पौडेल, स्व. लिलानाथ पौडेलका छोरा नारायण पौडेल, जग्गादाता हिरादेवी पौडेल, तुलसीदेवी पौडेल र सोमराज गरुङ सहित स्थापनाकाल देखि हालसम्मका स्वास्थ्य स्वयं सेवक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्य चौकी स्थापनामा महत्वपुर्ण भुमिका खेल्ने विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको थियो ।

Comments
Loading...