नेकपा नाम विवादमा सर्वोच्चद्धारा ऋषि कट्टेलको पक्षमा फैसला

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नाम विवादमा सर्वोच्च अदालतले ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला गरेको छ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टीले आफ्नो पार्टीको नामसँग ठ्याक्कै मिल्नेगरी नाम राखेको र निर्वाचन आयोगले समेत सो नाम उनीहरुलाई पनि दिएको भनी कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो ।

त्यसबारे आज आइतबार फैसला गर्दै अदालतले नेकपा कट्टेलको हुने गरी उहाँको पक्षमा फैसला गरेको हो । यससँगै सत्तारुढ नेकपा नाम विहिन बनेको छ । सर्वोच्चले पूर्व एमाले र पूर्व माओवादीनै अस्तित्वमा रहने गरी फैसला गरेको छ ।

Comments
Loading...