माछापुच्छ्रे गाउँपालिकामा सूचीकृत मेलमिलाप कर्ताहरुलाई तालिम

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकामा सूचीकृत मेलमिलापकर्ताहरुलाई पुर्नताजकी तालिम प्रदान गरेको छ ।

मेलिमिलापकर्ताहरुको क्षमता विकासका लागि यही फागुन २१ देखी २३ गतेसम्म तालिम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले समाजमा सकभर विवाद आउनै दिन नहुने र विवाद भएको खण्डमा त्यसलाई मेलमिलापको विधिबाट समाधान गरिदा पैसा र समय दुबैको बचत हुने बताउनुभएको थियो ।

सहभागीहरुलाई नेपाल मेलमिलाप परिषद् सदस्य अधिबक्ता शोम श्रेष्ठ , मेलमिलाप परिषद् सदस्य यज्ञ प्रसाद अधिकारी , पोखरा महानगर पालिका कानून अधिकृत राममणि अधिकारी, पोखरा महानगर पालिका मेलमिलाप समन्वय कर्ता सोम लम्साल लगायतले मुद्धा मामिला तथा उजूरीहरु छलफलको माध्यमबाट समाधान गरी दुबै पक्षको जीत हुने गरी फैसला गर्नुपर्ने लगायतमा प्रशिक्षण दिनुभएको थियो ।

नयाँ व्यवस्थासँगै परिबर्तन भएर आएका कानूनहरु मेलमिलाप कर्ताहरुले जान्न आवश्यक रहेको समाजमा भएका सामान्य र जटील द्वन्दहरुलाई निरुपण गर्न मेलमिलापकर्ताहरुको भूमिका महत्वपूर्ण हुने न्यायिक समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताउनुभयो ।

गाउँपालिकाले मेलमिलापकर्ताहरुको क्षमता विकासलाई प्राथमिकतामा राखेर सोही अनुुसारका कार्यक्रम सञ्चालन गर्दै आएको उपाध्यक्ष दवाडीले बताउनुभयो ।

Comments
Loading...