माधव नेपाल समूहले एमालेमै रहेर ’ओली प्रवृत्ति’विरुद्ध लड्ने, पार्टी एकताको लागि पहल गर्ने

काठमाडौं ः सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्र ब्यूँताएपछि माधवकुमार नेपाल समूह एमालेमै फर्किने भएको छ।

२०७५ जेठ ३ गते एकता भएपछि गठित नेपाल कम्युनिष्ट पार्टी नेकपामा विभाजन देखिएपछि नेता नेपाल समूह पुष्पकमल दाहाल प्रचण्ड समूहमा मिसिएका थिए।

तर दलको आधिकारिकता नै सर्वाेच्च अदालतले खारेज गरिदिएर पुरानै पार्टी ब्यूँताएपछि नेपाल समूह एमालेमा फर्कने निष्कर्षमा पुगेको हो। अहिले प्रचण्डमा माधव पक्षको स्थायी कमिटी बैठक बसिरहेको छ। तर, बैठकअघि नेता नेपाल समूहको बैठकले एमालेमै फर्किने निष्कर्ष निकालेको स्रोतले बतायो ।

नेपाल समूहको छलफलले एमालेमै रहेर ’ओली प्रवृत्ति’विरुद्ध लड्दै पुनः पार्टी एकताको लागि पहल गर्ने भएको नेता नेपाल निकट स्रोतले बताएको छ ।

Comments
Loading...