नेकपा दाहाल नेपाल पक्षको बैठक : माधव नेपाल एमालेमै रहने, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने

काठमाडौँ । नेकपा नामको विवादमा सर्वोच्च अदालतले गरेको फैसलापछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष अलग हुने भएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ । आज (सोमबार) बसेको नेकपा स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्व एमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल ‘प्रचण्ड; सहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेका हुन् ।

पार्टी कार्यालय पेरिसडाँडामा चार घण्टा बसेको स्थायी बैठकले सर्वोच्च अदालतको आदेशअनुसार अब पूर्व पार्टीमै फर्कने निर्णय गरेको हो । पूर्व एमालेका नेताहरूले अब एमालेमै फर्केर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संघर्ष गर्ने बताएका छन् ।

सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताई दिएको थियो । सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न सोमबार प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो ।

Comments
Loading...