नारी दिवसका अवसरमा मादीका जनप्रतिनिधि र कर्मचारीलाई अभीमूखीकरण कार्यक्रम

हिमाली आवाज । विश्व नारी दिवसका अवसरमा आज कास्कीको मादी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी तथा सरोकारवालाहरुकाबीचमा अन्तरक्रिया र अभीमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

मादी गाउपालिका र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहीकरण सम्बन्धी सरोकारहरुबीच अभिमूखीकरण कार्यक्रम आयोजना गरिएको थिो ।

कार्यक्रममा प्रशिक्षकको रुपमा गण्डकी प्रदेश प्रतिष्ठानका सरिता दहाल र डिल प्रसाद मगर हुनुहुन्थ्यो । उहाँहरुले महिलाबादी आन्दोलन , लैङ्गिक लेखा परिक्षण , लैङ्गिक उतरदायी वजेट , लैङ्गिक सशक्तीकरण , लैङ्गिक समनताका विकासक्रम , विश्व महिला सम्मेलनका घोषणा पत्र , लैङ्गिक न्याय , लैङ्गिक समनता र समाबेशीकरण , बिकासमा महिला तथा बिकासमा लेङ्गिक समनताबारे प्रशिक्षण दिनु भएको थियो ।

गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाराण प्रसाद सापकोटा र लेखा अधिकृत लक्ष्मी कोईरालाले सहभागीलाई गाउपालिकाको लैङ्गिक समानताका लागी लिईएका नीति र योजना बारे अभीमुखीकरण गर्नुभएको थियो ।

मादी गाउपालिका अध्यक्ष बेद बहादुर गुरुङ को प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरु , महिला वडा सदस्यहरु , महिला सञ्जालका अध्यक्षहरु , गाउपालिकाका शाखा प्रमुखहरु सहभागी थिए।

करिब ७० जना सहभागी उक्त कार्यक्रम गाउपालिका उपाध्यक्ष बिष्णु अचार्य पौडेलको अध्यक्षतामा सम्पन्न भएको गाउँपालिका प्रवक्ता लालबहादुर गुरुङले जानकारी दिनुभयो ।

Comments
Loading...