पोखरा महानगरपालिकामा आज सार्वजनिक बिदा

हिमाली आवाज । पोखरा महानगरपालिका र यस मातहतका सबै वडा कार्यालयहरु बन्द आज बन्द हुने भएका छन् ।महानगरपालिकाले स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने एक सूचना प्रकाशित गरी जनाएको छ । महानगर अन्तर्गतका कार्यालयहरु बन्द भएपनि अन्य शैक्षिक संस्था, बैँक तथा वित्तिय संस्थाहरु भने खुला रहनेछन्।

फागुन १९ गते बसेको कार्यापालिका बैठकको निर्णय अनुसार फागुन २६ गते महागनरपालिका कार्यालय मातहतका कार्यालयहरुमा बिदा दिने निर्णय गरेको महानगरका प्रवक्ता धनबहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार बुधबार पोखरा महानगरपालिकाको कार्यालय र सम्बन्धित वडा कार्यालयहरु मात्रै बन्द हुनेछन् ।

पोखरा महानगरपालिकाले पाँचौ स्थापना दिवसका अवसरमा बुधबार प्रभातफेरी, सम्मान लगायतका कार्यक्रम गरी मनाउने भएको छ ।

Comments
Loading...