कास्कीमा माओवादी केन्द्रले कार्यालयमा राख्यो बोर्ड

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कास्कीको पार्टी कार्यालयमा बोर्ड राखेको छ ।

नेकपा रहँदा साविक माओवादी केन्द्रको कार्यालय पोखरा महानगर कमिटी रहेकामा आज माओवादी केन्द्रले पार्टीको जिल्ला कार्यालय बोर्ड राखेको हो ।
शिवालयचोकस्थित कार्यालयमा बोर्ड राख्ने कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरुङ, गण्डकी प्रदेशसभा सदस्य रामजी प्रसाद बराल, युवा नेता त्रिभुवन पौडेल लगायत सहभागी हुनुभएको थियो ।

सर्वोच्च अदालतले हालै नेकपाको नाम विवादमा ऋषि कट्टेललाई नेकपा नाम दिएर साविक एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि केन्द्र तथा जिल्लास्तरमा दुबै पार्टीले छुट्टाछुट्टै कार्यालय सञ्चालनमा ल्याएका छन् ।

Comments
Loading...