बलराम गौतमको अध्यक्षतामा घरेलु तथा साना उद्योग महासङ्घमा नयाँ नेतृत्व

हिमाली आवाज । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कास्कीको अध्यक्षमा बलराम गौतम निर्वाचित हुनुभएको छ ।संस्थाको बिहीबार सम्पन्न सातौं अधिवेशनबाट गौतमको अध्यक्षमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा भानुभक्त भण्डारी, उपाध्यक्षमा भरतमणी पाठक, महिला उपाध्यक्षमा बृन्दा सुवेदी, महासचिवमा पुष्पराज पौडेल र कोषाध्यक्षमा गणेश श्रेष्ठ निर्वाचित हुनुभयो ।

यसैगरी सदस्यहरुमा चुडामणि बराल, लक्ष्मी के.सी, ज्योति अधिकारी,कल्पना तिमिल्सिना, शम्भुनाथ योगी, कुबेर राई, दुनाराम न्यौपाने, जनकराज सुवेदी, भोलानाथ पोखरेल र रुक्मागत भण्डारी चयन हुनुभएको निर्वतमान अध्यक्ष महाप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

यसैगरी महासङ्घ अन्तर्गतको महिला उद्यमी समितिको अध्यक्षमा बृन्दा सुवेदी, वरिष्ठ उपाध्यक्ष वसन्त के.सी, उपाध्यक्ष सुन्ती पूर्जा,महासचिव निरु पराजुली र कोषाध्यक्षमा शान्ता पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।यसैगरी सदस्यहरुमा शुष्मामाया पाण्डे, कल्पना तिमिल्सिना, ज्योति अधिकारी र मधु पूरी रहनुभएको छ ।

महासङ्घका नवनिर्वाचित अध्यक्ष गौतमले सङ्घ, प्रदेश तथा स्थानीय सरकारसँगको सहकार्यमा व्यवसाय प्रर्वद्धनका तथा उद्यमशिलता विकासको काम गर्दै उद्यमि व्यवसायीहरुको हक हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विसं २०४७ मा स्थापना भएको महासङ्घ घरेलु तथा साना उद्योगी व्यवसायीको छाता संस्थाका रुपमा रहेको छ ।संस्थाको देशका ७७ वटै जिल्लामा जिल्लास्थित महासङ्घ गठन भइसकेको केन्द्रीय अध्यक्ष श्याम गिरीले जानकारी दिनुभयो । महासङ्घले देशका ७५३ वटै पालिकाहरुमा समेत शाखा गठनको तयारी शुरु गरेको जनाइएको छ ।

Comments
Loading...