पोखरामा टाटा मोटर्सका ‘नयाँ फरएभर रेञ्ज’का पाँच गाडी एकैपटक बिक्री शुरु

हिमाली आवाज । सिप्रदी ट्रेडिङ प्रालिको पोखराका लागि आधिकारिक बिक्रेता दीप मोर्टस प्रालिले टाटा कम्पनीका ‘फरएभर रेञ्ज’ अन्तर्गत पर्ने पाँच वडा नयाँ गाडीहरुको आज पोखरामा बिक्री शुरुआत गरेको छ ।

सिप्रदीका जनरल म्यानेजर प्रभाकर मुनाकर्मी,दीप मोटर्सका प्रवन्ध निर्देशक तेजराज बास्तोला र निर्देशक राजेन्द्र बाटाजुले संयुक्त रुपमा गाडीको लञ्जिङ गर्नुभएको हो ।कम्पनीले पोखरामा एकै साथ टियोगो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ–बि एस सिक्स प्रविधिले सम्पन्न गाडीहरुको बिक्री शुरु भएको घोषणा गरेको थियो ।

टाटाको इम्प्याक्ट दुई डिजाइन ल्याङ्ग्वेज अनुसार तयार पारिएकाले पाँच वटै रेञ्जका गाडीहरुको बनावट सुन्दर रहेको कम्पनीले जनाएको छ ।बदलिदो समयको माग अनुसार पुुनः डिजाइन गरिएकाले कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टिकोणबाट अरु भन्दा अग्रस्थानमा रहेको दीप मोटर्सका प्रवन्ध निर्देशक तेजराज बास्तोलाले जानकारी दिनुभयो ।

पाँच वटै मोडल शक्तिशाली विएस सिक्स इन्जिन,इम्प्याक्ट दुई अन्तर्गत आकर्षक डिजाइन, विश्वसनिय र लोकप्रिय मोडलमा रहेको कम्पनीले जनाएको छ ।दीप मोटर्सका निर्देशक राजेन्द्र बाटाजुले टाटाका गाडीहरु नेपालको बाटो र बजेट सुहाउँदो रहेकाले गण्डकी प्रदेशमा रोजाइमा पर्ने विश्वास व्यक्त गर्नुभयो ।

टाटा नेक्सनले हालैमात्र ग्लोबल सेफ्टि रेटिङमा फाइभ स्टार प्राप्त गर्न सफल भएको तथा ह्याचब्याक सेगमेटमा टाटा अल्ट्रोजलेपनि फाइभ स्टार प्राप्त गरेको राजेन्द्र सिग्देलले जानकारी दिनुभयो ।

नयाँ एच फाइभ दुई हजार इन्जिन क्षमता रहेको छ भने अन्य चार वटै मोडल एक हजार २०० सिसीको छन् । नयाँ लञ्चिङ शुरु भएका मोडलको शुरुआती बिक्री मुल्य रु ४३ लाख ५५ हजार रहेको छ ।

Comments
Loading...