जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कारको अक्षयकोषमा रकम थप

हिमाली आवाज । नेपाल पत्रकार महासंघ कास्की शाखाद्धारा संचालित जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कारको अक्षयकोषमा बृद्धि भएको छ ।

कास्कीका प्रथम पत्रकार सिग्देलको परिबारको तर्फबाट छोरी जगदम्बिका घिमिरेले कोषमा रु तीन लाख थप गर्नुभएको हो । सो रकम उहाँले शुक्रबार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।

पुरस्कार अक्षयकोषको लागि शुरुआतमा रु २ लाख र थप गरिएको रु ३ लाख गरी रु ५ लाख पुगेको र उक्त कोषको ब्याजबाट प्रतेक बर्ष एकजना पत्रकारलाई सम्मान अर्पण गरिने महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो ।महासंघ कास्कीका अध्यक्ष श्रेष्ठले अक्षयकोषमा रकम थप गर्नुभएकामा आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतिक, महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली र सिग्देल परिवारको तर्फबाट छोरी जगदम्बीका घिमिरेले बोल्नुभएको थियो ।

Comments
Loading...