सरकारमा रहेका मन्त्रीलाई फिर्ता हुन माओवादीको निर्देशन

हिमाली आवाज ।नेपाल कम्युनिष्ट पार्र्टी(माओवादी केन्द्र)ले सरकारका रहेका माओवादीको तर्फका मन्त्रीहरुलाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ ।

शनिबार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले माओवादीको कोटामा मन्त्री बनेका तर पार्टीमा नफर्किएका मन्त्रीहरुलाई यस्तो निर्देश गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

माओवादीको तर्फबाट मन्त्री बन्नेहरूमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु साह, मणि थापा र दावा लामा रहनुभएको छ ।

माओवादी मन्त्रि बनेकाहरु पार्टीमा नफर्की केपी ओली नेतृत्वको एमालेतिर लागेका छन् भने एमालेले केन्द्रीय सदस्यसहितका जिम्मेवारी समेत दिइसकेको छ । मन्त्रीबाट राजीनामा नदिए कारबाही गर्ने तयारी माओवादी केन्द्रले गरेको छ ।

Comments
Loading...