माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरु, बादलसहितका नेतालाई कारवाहीको तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहान ११ बजेदेखी बैठक शुरु भएको हो । बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्दै आगामी रणनीति तय गर्ने सो पार्टीका नेताहरुले बताएका छन् ।

पछिल्लो राजनीतिक ध्रुवीकरणसँगै नयाँ सरकार गठन, ओलीको बर्हिगमन, त्यसका लागि दलहरुबीच भइरहेको वार्ता र समीकरणको प्रयासका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा ब्रिफिङ गर्नुहुनेछ ।

साथै, बैठकमा पार्टीको नाम परिवर्तन र सरकारलाई दिएको समर्थन फिर्ता गर्ने–नगर्ने र एमालेमा गएका पार्टीका नेताहरु रामबहादुर थापा(बादल) लगायतका नेताहरुलाई कारवाहीको बारेमा पनि निर्णय गर्ने माओवादीले जनाएको छ ।

बादल लगायतका नेताहरुलाई हिजो माओवादीले सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो ।

Comments
Loading...