पार्टी विवाद समाधानका लागि प्रधानमन्त्री ओली र नेपाल पक्षबीच वार्ता शुरु

काठमाडौँ । नेकपा एमालेका दुई पक्षबीच वार्ता शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो तहका नेताहरु सहित धुम्बाराहीमा वार्ता सुरु भएको छ ।पार्टीको आन्तरिक विवाद समाधानका सम्बन्धमा दुई नेताबिच सोमबार धुम्बाराहीमा छलफल सुरु भएको हो ।

वार्तामा ओलीका तर्फबाट ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहितका पाँच नेता तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम रावल, घनश्याम भुषाल र गोकर्ण विष्टसहितका नेता सहभागी हुनुहुन्छ ।

ओलीले नेता नेपाललाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाएपनि नेपालले एक्लै भेट्न अस्वीकार गरेपछि पार्टी कार्यालयमा सामूहिक छलफल शुरु भएको हो ।

Comments
Loading...