एमालेले निर्वाचन आयोगमा दर्ता गरायो नयाँ नाम

काठमाडौँ ।  निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराएको सन्ध्या तिवारी समूूहले पार्टीको नयाँ नाम दर्ता गराएको छ ।  तिवारी समूहले पार्टीको नाम फेरेर ‘जनताको जनवाद पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता प्रक्रियामै बदर गर्दै साविक पार्टीहरु ब्युँताई दिएपछि तिवारीको नेकपा एमाले पनि अवैध भएको थियो ।

त्यसपछि आयोगले उनीहरुलाई पार्टीको नयाँ नाम दर्ताका लागि आह्वान गरेको थियो । जनताको जनवादी पार्टीलाई चुनाव चिन्ह भने उदाउँदो सूर्य नै दिइएको छ ।

Comments
Loading...