पोखरा विमानस्थलबाट अन्तराष्ट्रिय उडान संचालनको अहिलेबाटनै तयारी शुरु गर्न माग

हिमाली आवाज । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण भएसंगै अन्तराष्ट्रिय हवाई उडान संचालनको लागि तत्काल पहल गर्नु पर्ने वक्ताहरुले माग गरेका छन्।

रेडियो अन्नपूर्णले आज रेडियोमा आयोजना गरेको सरोकारवालाहरुसंगको सामुहिक छलफल कार्यक्रम द राउण्ड टेवल मा सहभागि वक्ताहरुले विमानस्थल निर्माण भएसंगै त्यसलाई संचालनको लागि अन्तराष्ट्रिय हवाई उडान गर्न तत्काल पहल गर्न आग्रह गरेका हुन्।

पोखरा विमानस्थल निर्माण कार्यमा केही बाधा अड्चन आएकोले त्यसलाई सरोकार निकायले समयमै समस्या समाधान गर्न पनि वत्ताहरुले माग गरेका हुन्।

पोखरा विमानस्थल कान्वयन इकाई परामर्श समितिका इन्जिनीयर याम बहादुर भण्डारीले हालसम्म पोखरा विमानस्थल निर्माणको कार्य अन्र्तगत भौतिक प्रगती ७२ प्रतिशत सम्पन्न भएको बताउनुभयो ।  तोकिएको समय सिमा भित्र उत्त योजनाको निर्माण कार्य सक्ने गरी हाल निर्माण कार्य दु्रत गतिमा अघि बढेको बताउँदै उहाँले हाल दैनिक जसो ३०० चिनियाँ र ४०० नेपाली कामदारले काम गरिरहेको जानकारी दिनुभयो ।

उक्त योजनामा लागि परेको जनाए । पोखरामा ल्याण्ड फिल्ड साइडको व्यबस्थापन, इन्दन डिपो स्थापना, रिट्टेपानी डाँडा कटान, विमानस्थलमा बर्खायाममा आउने भलपानीलाई व्यबस्थापन गर्न, थप केही जग्गा अधिग्रहण गर्नुपर्ने लगायतका केही समस्या रहेको इन्जिनीयर भण्डारीले बताउनुभयो । पोखराबाट अन्तराष्ट्रिय स्तरकै हवाई उडान हुने हुदा अब पोखरा विमानस्थललाई क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको नाम जोडि राख्नु नपर्ने उहाँको भनाई थियो । वाइडवडि (ठुलो जहाज) ल्याउन धावन मार्ग भयर मात्र नहुने बताएका इन्जिनीयर भण्डारीले अन्य भौतिक पूर्वाधार र चारै तर्फ थप जग्गा आवश्यक पर्ने बताउनुभयो ।

नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले देश संघियताा गएसंगै अझै पनि केन्द्रिकृत सोचले गर्दा यसको मारमा पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल पनि पर्न सक्ने आशंका व्यक्त गर्नुभयो । विमानस्थल निर्माण कार्य सम्पन्न भए पनि यसले अन्तराष्ट्रिय हवाई उडानमा केही समस्या आउन सक्ने भएकोेले त्यसको सामना गर्न सरोकारवाला पक्ष र मिडिया बढी चनाखो हुनु पर्ने उहाँको भनाई छ ।

पोखरा विमानस्थल निमार्ण भएसंगै अब छिमेकी मुलुक चाइना र भारत लगायतका देशका केही शहरबाट सिधा हवाई सेवा पोखरासम्म जोड्दा पोखरा क्षेत्रलाई धेरै फाइदा हुने प्रमुख भण्डारीको भनाई छ।

पोखरा विमानस्थल निर्माणका एक अभियन्ता विश्वशंकर पालिखे अबको १ सय १८ दिनमा पोखरा विमानस्थल निर्माण कम्पनीले नेपाल सरकारलाई विमानस्थल निर्माण कार्य सम्पन्नता भएको हस्तान्तरण गर्ने दिन नजिकिदै गर्दा सो विमानस्थल संचालन हुने केही आशंका व्यक्त गर्नुभयो ।

समय सिमा भित्र चाइना कम्पनीले उक्त विमानस्थल निर्माण कार्य सके पनि पोखराबाट अन्तराष्ट्रिय हवाई उडान गर्नको लागि हालसम्म खासै पहल नभएकोेले अन्तराष्ट्रिय हवाई उडान हुन केही ढिलाई हुन सक्ने उहाँकोे भनाई छ । उहाँले भन्नुभयो,“अझै पनि केन्द्रबाद सोचले गर्दा पोखरा विमानस्थलले प्रथामिकता नपाउने होकि भन्ने हाम्रो चिन्त्ता हो, नियतवस पोखरा अन्तराष्ट्रिय विमानस्थललाई असफल बनाउने कार्यमा केही शक्ति लागेका होलान, हवाई उडानको लागि जुन रुपमा गर्नु पर्ने गृहकार्य क्यान र नेपाल सरकारले खासै गरेको पाइएको छैन ।”

पोखराका पर्यटन व्यवसायी बासु त्रिपाठीले पोखरा विमानस्थल निर्माण भएसंगै सरकारले विमानस्थल संचालन गरेसंगै त्यसलाई दिगो रुपमा लैजान निजी क्षेत्रले सहकार्य गर्न तयार रहेको बताउनुभयो । पोखरामा करिब १० लाख पर्यटक भित्रिएको अबस्थामा पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल संचालन भएको खण्डमा पोखरामा बार्षिक २५ लाख पर्यटक भित्राउन सकिने उहाँको भनाई छ ।

Comments
Loading...