पोखरा विमानस्थलमा बुधबार साँझ जहाज दुर्घटना गराइँदै !

हिमाली आवाज । पोखरा विमानस्थलमा आज बेलुकी हवाईजहाजको आपतकालिन उद्घार अभ्यास गरिदै छ ।

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् उद्घारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले सो अभ्यास गर्न लागेको हो ।
जस अनुसार बेलुकी चार बजेपछि पोखरा विमानस्थलमा नमूनाको रुपमा जहाज दुर्घटना गराइदैछ । त्यसपछि उक्त जहाजमा आगलागी हुनेछ । आगो निभाउनका लागि दमकलको सहारा लिइदैछ ।त्यस्तै घाइतेको उपचारका लागि एम्बुलेन्स पनि गुड्नेछन् ।यि सवै घटना नमुनाको रुपमा हुनेछन् ।

आपतकालिन उद्घारको अभ्यास हुँदैछ भनेर थाहा नपाउने महानुभावलाई विमानस्थलमा कतै दुर्घटना नै भएको हो कि भन्ने पर्न सक्छ भन्दै मन्त्रालयले सोवारे स्पष्ट पारेको हो।

अभ्यासका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसका पदाधिकारीहरु लगायत खटिदै छन् ।जसको पुर्व तयारी अन्र्तगत सोमवार र मंगलवार सामान्य अभ्यास समेत भइसकेको छ।करिव आधा घण्टादेखि १ घण्टाको बीचमा अभ्यास सकिने मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो ।

उद्घार अभ्याससँगै चार दिने विपद् उद्घारकर्मीको क्षमता विकास तालिमको समापन गरिदैछ । मन्त्रालयले आपतकालीन उद्घारलाई भविष्यमा संचालन हुने पोखरा अन्तराष्ट्रिय विमानस्थलको सहयोगी हुने अपेक्षाका साथ पनि हेरेको उपसचिव काशीराम गैरेले बताउनुभयो ।

 

 

 

Comments
Loading...