मृगौला पीडित सुस्मिताको उपचारका लागि कतारमा संकलित रकम हस्तान्तरण

हिमाली आवाज ।कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोककी मृगौला पीडित सुस्मिता परियारको उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

हाल कतारमा कार्यरत माछापुच्छ«े गाउँपालिका–१ टुसे निवासी बुद्ध गुरुङको संयोजकत्वमा संकलित रु ५० हजार ५० घाचोकस्थित वडा कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण गुरुङले पीडित परिवारलाई शुक्रबार हस्तान्तरण गर्नुभएको हो ।

गुरुङ तमु सेवा समाज कतारकोे कोषाध्यक्ष समेत हुनुहन्छ ।उहाँले कतारमा कार्यरत नेपालीहरुमा रकम संकलनको नेतृत्व गर्नुभएको थियो ।

सुरेश परियारका २० वर्षीया छोरी सुस्मिता विसं २०७६ फागुनदेखी दुबै मृगौलाको समस्याबाट पीडित रहेकामा उनको उपचारमा आर्थिक सहयोगका लागि स्वदेश तथा विदेशमा रहनुभएका शुचचिन्तक शुभेच्छुकहरुबाट रकम संकलन भइरहेको छ ।

सोही वडाका वडाध्यक्ष सूर्य प्रसाद लम्सालले सहयोगी मनकारी दाताहरुप्रति आभार व्यक्त गर्दै सुस्मिताको मृगौला प्रत्यारोपणको अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो । सुस्मिताको उपचारमा सहयोगका लागि सुस्मिता बचाउ अभियान सञ्चालन गरिएको थियो ।

सो अभियानबाट संकलित झन्डै रु १४ लाख यसअघिनै पीडित परिवारलाई हस्तान्तरण गरिसकिएको छ । रकम हस्तान्तरण कार्यक्रममा वडाका जनप्रतिनिधि, वडासचिव एकनाथ पौडेल तथा टोल विकास संस्थाका पदाधिकारी लगायत उपस्थित हुनुभएको थियो ।

 

Comments
Loading...