मनाङ जाँदैै गरेको ट्रक दुर्घटना,तीनको मृत्यु पाँच घाइते

हिमाली आवाज । मनाङमा आज साँझ भएको सवारी दुर्र्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

साँझ १५ः५० बजेको समयमा मनाङको नासों गाँउपालिका–२ खोत्रो स्थित बेसिशहर चामे सडक खण्डमा बेसिशहरबाट मनाङतर्फ आउदै गरेको ध १ ख ५९२ नं.को ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसि दुर्घटना भएकोे थियो ।

सो टुर्घटनामा परी नासो गाँउपालिका–४ बस्ने ३५ वर्षीया मनिषा गुरुङ, अन्दाजी वर्ष ६÷७ का लिउन गुरुङ र ३६ वर्षीया जलकासी गुरुङको घटनास्थलमानै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनामा ट्रक चालक र सहचालक सहित अन्य पाँच जना घाईते भई उपचारको लागि लमजुङ तर्फ पठाईएको र घटनास्थलमा प्रहरी टोलि खटिई उद्दार तथा घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...