म्याग्दीमा पहिरोमा पुरिएर एकको मृत्यु

हिमाली आवाज । म्याग्दीमा हिजो राति पहिरामा पुरिएर एक जनाको मृत्यु भएको छ ।

हिजो राति अन्दाजी २३ः०० बजेको समयमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित नयाँ निर्माणाधीन निलगिरी हाईड्रो पावरमा काम गर्ने कन्चनपूर लालझण्डी घर भएका ३३ वर्षीय हर्कबहादुरको जेठाराको पहिरो खस्दा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

जेठारा बजार गरी बास स्थानतर्फ फर्कदै गर्दा बाटोमा माथिबाट ढुङा माटो सहितको पहिरो खसी उनको घट्नास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा आज विहान ०५ः५० बजे जानकारी प्राप्त हुनासाथ सो स्थानमा प्रहरी टोली खटिई गई घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइन्छ ।

Comments
Loading...