बेनी–जोमसोम सडकखण्ड चार दिन पूर्ण रुपमा बन्द हुने

म्याग्दी । बेनी–जोमसोम सडकखण्ड अन्तरगत रहेको मुस्ताङ जिल्लाको थासाङ वडा नम्बर ४ काभ्रेभिर र कैकु खोलामा सडक मर्मतका लागि बन्द गर्ने भएको छ ।

कालीगण्डकी करिडोर अन्तरगत रहेको सो खोलामा बेस बगाउने तथा पहिरोको कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा जोखिमयुक्त भएकाले आगामी चैत १४ देखि १७ गतेसम्म पूर्ण रुपमा बन्द गर्न लागिएको हो ।

जिल्ला सडक सुरक्षा समिति मुस्ताङको चैत ९ गतेको बैठकबाट सो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले एक विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

Comments
Loading...