कर्णाली प्रदेश पुुग्यो फेवाबजार

हिमाली आवाज । अनलाइन सपिङ स्टोर फेवाबजार डटकम ई–कमर्सले आफ्नो कर्णाली प्रदेशमा पनि बिस्तार गरेको छ ।

फेवाबजारले कर्णाली प्रदेशको सुर्खेतमा डिजिटल आउटलेट खोलेर सेवा दिन शुरु गरेको हो । सुर्खेतको बिरेन्द्र नगरपालिका मुलपानीचोकमा रहेको फेवाा बजारको १३ औं आउटलेटको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत र फेवाबजार डटकमका कार्यकारी निर्देशक सुजन आचार्यले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभयो ।

सुर्खेतमा आउटलेट खोलेको अवसरमा फेवाबजारले चैत महिनाभरी कर्णाली प्रदेशभर निःशुल्क होम डेलिभरी सुविधा दिने जनाएको छ । साथै ५ लाखसम्मको क्रेडिट सुविधापनि दिने निर्देशक आचार्यले बताउनुभयो । उहाँका अनुसार कोभिडबाट थलिएका कर्णाली प्रदेशबासीलाई विभिन्न बैंकसँगको सहकार्यमा बिना धितो शून्य प्रतिशत ब्याजमा क्रेडिट सुविधा प्रदान गरिएको  छ।

सेल्स आफ्टर सर्भाइस भन्ने मूल नारासहित सेवा सञ्चालन गर्दै आएको फेवाबजार डटकमले ३ वर्षअघि पोखराको दीप चोकबाट सेवा शुरु गरेको थियो । फेवाबजारले हाल पोखरासहित लेखनाथ, बागलुङ, तनहुँको दुलेगौंडा, डुम्रे, काठमाडौं, भक्तपुर, ललितपुर, बुटवल, सुर्खेतलगायत देशभरका १३ वटा आउटलेटबाट सेवा दिइरहेको जनाएको छ ।

 

फेवा बजार डटकमले सानो भन्दा सानो सामानदेखी लाखौं रुपैयाँ पर्नेसम्मका सामानहरु अनलाईन डेलिभरी गर्ने गरेको छ । मासिक किस्ताबन्दी (ईएमआई)मार्फत २० हजारदेखी ५ लाखसम्मको सामान बिक्री गर्ने फेवा बजार पहिलो अनलाईन बजार हो ।

 

उपभोक्ताहरुको व्यस्ततालाई मध्यनजर गर्दै घर घरमै सम्पूर्ण उपभोग्य सामाग्री पु¥याउने हेतुले फेवाबजार डटकमले ईलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसन, कला, साहित्यका पुस्तकलगायतका सबै प्रकारका सामान अनलाईनमा अर्डर लिएर घर÷घरमा पु¥याउने गर्दछ । फेवाबजारबाट सामान खरिद गर्न फेवा बजारको एप डाउनलोड गरी सेवा लिन सकिने तथा ई–सेवा र खल्तीबाट भुक्तानी गर्न सकिने छ ।

 

आफ्ना ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा कहिले चिनी त कहिले इयर फोन दिने गरेको फेवाबजारले कमाएको नाफाको केहि प्रतिशत सामाजिक काममा खर्चिदै आएको निर्देशक आचार्यले जानकारी दिनुभयो ।

Comments
Loading...