ताङ्ले लौसीबोट सहकारीको साधारणसभा,अध्यक्षमा मनबहादुर गुरुङ चयन

हिमाली आवाज । ताङ्ले लौसीबोट बहुउद्धेश्शीय सहकारीसंस्था पोखराको साधारणसभा सम्पन्न भएको छ । गण्डकी प्रदेशका सांसद ललितकला गुरुङले सो साधारणसभाको उद्घाटन गर्नुभएको हो ।

त्यस अवसरमा उहाँले सहकारी संस्थाहरुले उत्पादनमा केन्द्रीत हुने गरी कार्यक्रमा ल्याउनुपर्नेमा जोड दिँदैै आफ्नो तर्फबाट आवश्यक सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पर्वतको मोदी गाउँपालिका वडा नं १ का वडाध्यक्ष गौप्रसाद गुरुङले एकको लागि सबै र सबैका लागि एक भन्ने मान्यतालाई सहकारीले आत्मसाथ गर्नुपर्ने बताउनुभयो । साधारणसभाले मनबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्सीय सञ्चालक समिति चयन गरेको छ ।

यसैगरी विभिन्न उपसमितिहरु र सोका संयोजक सदस्यहरु पनि चयन गरिएको सहकारीका सचिव जुक्तमान गुरुङले जानकारी दिनुभयो ।
संस्थाका निर्वाचित सञ्चालक समितिका सदस्यहरुलाई ज्येष्ठ शेयर सदस्य रामबहादुर गुरुङले शपथ गराउनुभएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष गिरीमान गुरुङले स्वागत गर्नुभएको थियो । सो सहकारीले बाँझो जमिनलाई उत्पादनमा लगाउँदै हराभरा बनाउने लक्ष्य राखेको बताइन्छ ।

Comments
Loading...