पोखराका उद्योगी व्यवसायीको माग : आउने बजेट राहत प्याकेजमा केन्द्रीत गर

हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघले आगामी बजेट कोभिड–१९ ले अर्थतन्त्रमा पु¥याएको असर न्यूनिकरण गर्ने र निजी क्षेत्रलाई राहत दिनेखालको हुनुपर्ने माग दोहो¥याएको छ ।

पोखरा उद्योग वाणिज्य संघ तथा आइबिएन मिडिया एण्ड रिसर्चले बिहीबार पोखरामा आयोजना गरेको आउँदोको बजेट तथा गण्डकी प्रदेशको अपेक्षा विषयक अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष नारायण कोइरालाले सो माग दोहो¥याउनुभएको हो ।

उहाँले कोभिड–१९ को दोस्रो लहर सुरु भएको र यसले समग्र आर्थिक क्षेत्रमा प्रभाव पार्नसक्ने देखिएकोले बजेट राहत प्याकेजमा केन्द्रित हुनुपर्नेमा दिनुभयो ।

‘गिर्दो अर्थतन्त्र उकास्नका लागि सरकारबाट घोषित कार्यक्रम कार्यान्वयनमा सुस्तता देखिएको छ,राजनीतिक तरलताले लगानी सुरक्षित नहुने जोखिम बढेको छ’,उहाँले भन्नुभयोे,‘ लागत बढ्ने र उत्पादकत्व घट्ने परिस्थिति निजी क्षेत्रको लागि अभिषाप भएको छ अबको बजेट वर्तमान परिस्थितिले सृजना गरेका समस्या सल्टाउने बजेट आओस् ।’

गण्डकीका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी सरकार निजी क्षेत्रको माग संवोधन गर्न सकारात्मक भएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष दामु अधिकारीले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

महासघंका केन्द्रीय सदस्य तथा लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरीले बजेट वितरणमुखी हैन कि अर्थतन्त्र उकास्ने खालको हुनुपर्नेमा जोड दिनुभयो ।

अर्थशास्त्री केशव आचार्यले मानव विकास सूचकांकमा गण्डकी प्रदेश अगाडि रहेको तथ्य पेश गर्दै सरकारले आउँदो बजेट सार्वजनिक स्वास्थ्यको क्षेत्रमा लगाउनुपर्ने धारणा राख्दै गण्डकीको अर्थतन्त्रमा सेवा क्षेत्रको ५२.६४ प्रतिशत योगदान रहेकोले पनि सेवा क्षेत्र तहसनहस हुँदा अर्थतन्त्र खस्कनसक्ने चिन्ता व्यक्त गर्नुभयो ।

प्राध्यापक प्राध्यापक डाक्टर यादव शर्मा गौंडेलले बजेट विनियोजन गर्दा कार्यप्रगतिलाई आधार बनाउनुपर्ने बताउनुभयो । पृथ्वीनारायण क्याम्पसका अर्थशास्त्र विभागका अध्यक्ष लेखनाथ भट्टराईले गण्डकी प्रदेश सरकारले पर्यटन, जलस्रोत र जडिबुटीको क्षेत्रमा बढी लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीकी महिला उद्यमी विकास समिति सदस्य रामकली खड्काले विदेशी मुद्रा भित्र्याउने हस्तकला उद्योगलाई विशेष सहुलियत र प्राथमिकता दिनुपर्नेे माग गर्नुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटा, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य पवित्रा गुरुङ,सुनचाँदी व्यवसायी संघ कास्कीका महासचिव तारा गौतम, थोक व्यवसायी संघ कास्कीका अध्यक्ष लेखनाथ सुवेदी, पर्यटन व्यवसायी पुष्पराज बराल, नेशनल लाइफ इन्स्योरेन्सका गण्डकी प्रमुख केशवराज ढकाल, जनप्रिय बहुमुखी क्याम्पसका उपप्राध्यापक विश्वमोहन अधिकारी,। आइबिएन मिडिया एण्ड रिसर्च सेण्टरका प्रबन्ध निर्देशक हृदय गौतम लगायतले बजेटमा निजी क्षेत्रका भावना प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभएको थियो ।

 

 

 

Comments
Loading...