पोखरा स्पोर्टस् अवार्डका लागि सहयोगी हातहरु लम्किदै

हिमाली आवाज । पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने लाइफ टाइम अचिभमेन्ट अवार्डलाई प्रायोजन सम्झौता भएको छ ।

पोखरा लेकसिटीका निर्देशक डा. विष्णु नेपाली र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीबीच सहमतिपत्रमा बिहीबार सम्झौता भएको हो ।

खेल गतिविधिले मानव स्वास्थ्यमा सहयोग पुग्ने उल्लेख गर्दै डा. नेपालीले मञ्चले आयोजना गरेको स्पोर्टस् अवार्ड सबैको लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

मञ्च अध्यक्ष गिरीले स्पोर्टस् अवार्डमा सहयोगदाता रुपमा जोडिएकोमा आभार व्यक्त गर्दै सम्पूर्णको सहयोगबाट अवार्ड सभ्य र भव्य रुपमा सम्पन्न गर्न मद्दत मिल्ने भनाई राख्नुभयो ।

गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डमा यसपालि विभिन्न ७ विधामा अवार्ड प्रदान गरिनेछ । मञ्चले २०७८ वैशाख २० मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी ती विधामा अवार्ड प्रदान गर्नेछ ।

जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ । तीमध्ये उत्कृष्ट खेल पत्रकारिता अवार्ड यसपालि २ पत्रकारले पाउनेछन् ।

Comments
Loading...