कोरोना संक्रमण बढेपछि माछापुच्छ्रे गाउँपालिकाको सेवा छ दिन बन्द

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ ।

गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिन यता सङ्क्रमित बढेकाले चैत १३ देखी १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्ण बहादुर गुरुङले बताउनुभयो ।

गाउँको एक सहकारीका सदस्यहरु सहकारी भ्रमणमा गएर फर्किएपछि शुरुमा तीन जनामा सङ्क्रमण पुष्टि भएको र सोही आधारमा कन्ट्याक्ट टे«सिङका आधारमा नमूना परीक्षण गर्दा चैत ११ गते थप १३ जनामा सङ्क्रमण पुष्टि भएको बताइन्छ । सङ्क्रमितहरु भ्रमणमा गएका र उनीहरुका परिवारका सदस्य रहेका छन् ।

कार्यालयबाट सेवा प्रवाह गर्दा सङ्क्रमण अझ बढ्न सक्ने अवस्था रहेकाले सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सेवा बन्द गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

Comments
Loading...