उपचाररत काँग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौँ । काँग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ ।

पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको अस्पताल स्रोेतले जनाएको छ । जोशी नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद समेत हुन् ।

जोशीलाई फागुन १४ गते मष्तिष्कघात भएको थियो । सोही दिन राति जोशीलाई वीर अस्पताल भर्ना गरिए पनि राति नै नर्भिक अस्पताल रिफर गरिएको थियो ।

Comments
Loading...