बंगलादेशसँग गोल रहित बराबरी खेल्दै नेपाल थ्री नेसन्स कपको फाइनलमा

हिमाली आवाज । नेपाल थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार दशरथ रंगशालामा बंगलादेशसँग गोल रहित बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेशका लागि नेपाललार्ई खेलमा जीत वा बराबरी आवश्यक रहेकामा नेपालले बंगलादेशसँग गोल रहित बराबरी खेल्दै पुनः बंगलादेशसँगको फाइनलमा भेट पक्का गरेको हो ।

लिग चरणमा नेपालले दुई खेलबाट २ अंक जोडेर दोस्रो स्थानमा रह्यो । शीर्षस्थानको बंगलादेशले २ खेलबाट ४ अंक जोड्यो । नेपाल र बंगलादेशको बराबरीले किर्गिस्तानको यु–२३ टोली प्रतियोगिताबाट बाहिरिएको छ ।

किर्गिस्तानले लिग चरणमा १ अंक जोड्यो । किर्गिस्तान बंगलादेशसँग पराजित हुदा नेपालसँग गोलरहित बराबरी खेलेको थियो । घरेलु टोली नेपालले खेलमा गोलका केही अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बनेको थियो ।

नेपाली खेलाडी गोलका केही सुन्दर अवसर खेल फालेका थिए । फाइनल खेल सोमबार साँझ ५ः३० बजे हुनेछ ।

Comments
Loading...