काँग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्ड बीच भेटवार्ता

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।

सभापति देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न भएको भेटवार्तामा उहाँहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतले गत फागुन ११ गते पुनःस्थापना गरेपछि र फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठनका सम्बन्धमा सर्वोच्चले गरेको निर्णयपछि दलहरूबीच नयाँ सत्ता समीकरणबारे छलफल हुँदै आएको छ ।

टिप्पणिहरु
Loading...