सवारी लाइसेन्समा सरकारले ल्यायो नयाँ नियम, ट्रायलमा ७० अंक ल्याए पुग्ने

काठमाडौँ । दुईपांग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था आगामी जेठ १ गतेबाट लागू हुने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लाई सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले जेठ १ गतेबाट लागू गर्ने भएको हो।

मन्त्रालयले सहमति दिएको कार्यविधिमा विभागले कार्यान्वयन मिति तोकेसँगै अब प्रयोगात्मक परीक्षा (ट्रायल)मा कम्तीमा ७० अंक ल्याए पास हुने भएको छ।

अहिले प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् पास हुन १०० पूर्णाङ्कमा १०० नै ल्याउनुपर्ने व्यवस्था छ । नेपालखबरबाट

Comments
Loading...