संवैधानिक आयोगमा नियुक्ति मुद्धा : सर्वोच्चको पूर्ण इजलासमा

काठमाडौँ । संवैधानिक आयोगमा गैर संवैधानिकरुपमा पदाधिकारी नियुक्त गरिएको भनी दाबी गरी सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको पूर्ण इजलासले सुनुवाइ गर्ने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासले रिट निवेदनमा उठाइएका विषय गम्भीर प्रकृतिको संवैधानिक विवाद भएको भन्दै मंगलबार ती रिट निवेदनलाई पूर्ण इजलासले सुनुवाइ गर्नुपर्ने आदेश गरेको हो।

सो आदेशपछि निवेदनहरु अब पूर्ण इजलासले सुनुवाइ गर्नेछ। गत माघ पाँच गते विभिन्न संवैधानिक निकायहरुमा ३८ जना पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषद्ले सिफारिस गरेको थियो। सो बमोजिम नियुक्त भई ती पदाधिकारीले कार्यसमेत गरिसकेका छन्।

Comments
Loading...