हिमाली आवाज ।राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशको विस्तारित बैठक पोखरामा सम्पन्न भएको छ । बैठकमा प्रदेशका ११ जिल्लाका अध्यक्ष, सचिव, केन्द्रीय सदस्य लगायत भातृ संगठनका पदाधिकारीहरुले आ–आफ्नो क्षेत्रमा भएका गतिविधिहरुबारे विस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।

बैठकले गण्डकी प्रदेशको अधिवेशन आगामी २०७८ बैशाख १५ गते नवलपुरको गजेन्द्र मोक्षधाम त्रिवेणीमा गर्ने निर्णय गरेको छ । साथै सदस्यता विस्तार, प्रदेश सचिवालय कमिटी गठन, मध्यावधि चुनावको माग, हिन्दुराष्ट्र र राजसंस्था अपहार्य जस्ता माग गर्ने निर्णय समेत गरेको प्रदेश अध्यक्ष हेमजंग गुरुङले जानकारी दिनुभएको थियो ।
बैठकमा ११ जिल्लाका अध्यक्षहरुले प्रतिवेदन पेश गर्नुभएको थियो । प्रदेश अध्यक्ष हेमजंग गुरुङ अध्यक्षतामा भएको बैठकमा स्वागत कास्की जिल्ला अध्यक्ष डा.महेन्द्र बहादुर कार्कीले गर्नुभएको थियो भने संचालन केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सम्पादन समिति सचिव बरुण बिक्रम राणाले गर्नुभएको थियो ।