पाँचौं पोखरा स्पोर्टस् अवार्ड :पुन परिवारद्वारा खेल पत्रकार पुरस्कार प्रायोजन

हिमाली आवाज । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन सम्झौता भएको छ ।

पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारजनले पुरस्कार वापत ३५ हजार रुपैयाँ प्रायोजन गरेका हुन् । सो सम्बन्धी सम्झौतापत्र बुधबार मञ्च अध्यक्ष एकराज गिरी र उमेश पुनबीच आदानप्रदान भएको छ ।

मञ्चका कार्यसमिति सदस्य समेत रहनुभएका उमेश पुन स्व. सेनानी हेमबहादुरका नाति हुनुहुन्छ । पुन परिवारले स्पोर्टस् अवार्डमा हरेक वर्ष लगातार सहयोग गर्दै आएको छ ।
यस्तै, लाइफ टाइम अचिभमेन्ट अवार्डलाई पोखरा लेकसिटीका निर्देशक डा. विष्णु नेपालीले ४० हजार र माई होटल लेकसाइडतर्फबाट प्रबन्ध निर्देशक तोरणबहादुर बानियाँले उत्कृष्ट उदियमान खेलाडीलाई प्रदान गरिने ३५ हजार रुपैयाँ प्रायोजन गर्नुभएको छ ।

गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डमा यसपालि विभिन्न ७ विधामा अवार्ड प्रदान गरिनेछ । मञ्चले २०७८ वैशाख २० मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी ती विधामा अवार्ड प्रदान गर्नेछ ।

जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ । तीमध्ये उत्कृष्ट खेल पत्रकारिता अवार्ड यसपालि २ पत्रकारले ३५÷३५ हजार नगद सहित अवार्ड प्राप्त गर्ने छन् ।

Comments
Loading...